अर्ली बर्ड अफरसहित साइमेक्स इन्कद्वारा नेपालमा नयाँ अत्याधुनिक बीवाइडी सिलायन सेभेन सार्वजनिक

Jul 25, 2025 06:14 PM merolagani



नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि.ले बहुप्रतीक्षित बीवाईडी सिलायन ७ (सेभेन) सार्वजनिक गरेको छ। सिलायन ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको छ।

श्रावण ०८ मा आयोजित एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धताप्रति अर्को महत्वपूर्ण कदम चालेको संकेत गरेको छ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको विशेष उपस्थिति रहेको थियो। उनले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रसंसा गरे। साथै, उनले बीवाईडी सिलायन ७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनहरूको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे।

“बीवाईडी सिलायन ७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट, र नेपालको लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ। १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं,” साइमेक्स इन्क. प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने। "दिगो यातायातको माग बढ्दै गर्दा, सिलायन ७ ले सार्थकता र आकर्षण दुबैका साथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ।"

बीवाईडी सिलायन सेभेन : नेपालको लागि नयाँ पीढीको विद्युतीय एसयूभी

बीवाईडी सिलायन ७ अब नेपालमा १०० किलोवाटको रियर-व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन, र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको छ। यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा हो।

खुद्रा मूल्य: रू. ७४.९९ लाख

प्रारम्भिक अर्ली बर्ड मूल्य: रू. ७२.९९ लाख (सीमित अवधिका लागि)

प्रारम्भिक चरणमा बुकिङ गर्नुहुने ग्राहकहरूले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउनुहुनेछ :
• ब्लेड ब्याट्री: १० वर्ष / २,००,००० किलोमिटर
• इलेक्ट्रिक मोटर: १० वर्ष / १,८७,५०० किलोमिटर
• पूरै सवारीसाधन (LVB साथ): ७ वर्ष / १,५०,००० किलोमिटर

(*सर्तहरु लागू हुनेछ)

नवीनतम प्रविधि र विशेषताहरू:

सेल-टु-बडी (CTB) इन्टीग्रेशनसहितको ब्लेड ब्याट्री
बीवाईडीको अत्याधुनिक ई-प्ल्याटफर्म ३.० मा निर्मित, सिलायन ७ ले क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित छ, जुन विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन, र नयाँ प्रविधिका लागि चर्चित छ। सेल-टु-बडी (CTB) इन्टीग्रेशन मार्फत, ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टीरियर र गाडीको सन्तुलन राम्रो बनाउँछ।
• ब्याट्री क्षमता: ७१.८ kWh
• WLTP रेन्ज: ४४० किलोमिटर

विश्वकै सबैभन्दा छिटो उत्पादन हुने ईभी मोटर
सिलायन ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३,००० आरपीएममा घुम्ने क्षमता राख्छ। यो उच्च गति मोटरले तिब्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ।

डाइनामिक सस्पेन्सन र आरामदायी यात्रा
डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टि-लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ (FSD) शक अब्जोर्बरहरू छन्। यस्तो प्रणालीले ड्राइभिङको समयमा सटीक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ।

नयाँ डिजाइन र ओसियन-प्रेरित सौन्दर्यको संगम

बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन ७ आफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन, र कुप शैलीको फास्टब्याक रूफलाइनको लागि परिचित छ।

प्रमुख डिजाइन विशेषताहरूः
• सिग्नेचर ‘X फेस’ फ्रन्ट फसिया
• U-आकारका एलईडी हेडल्याम्पहरू
• छाल जस्तै बनावट
• पछाडिको पूरै भाग ओगट्ने एलईडी लाइट बार

आधुनिक चालकका लागि प्रविधिमैत्री इन्टेरियर

सिलायन ७ को केबिन प्रिमियम कम्फर्ट र डिजिटल नवप्रवर्तनको उत्कृष्ट संयोजन हो। प्रमुख इन्टेरियर विशेषताहरु:
• १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन डिस्प्ले
• १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर
• एन्ड्रोइड अटो र एप्पल कारप्ले इन्ट्रीग्रेशन
• इन्टेलिजेन्ट भ्वाइस कमाण्ड र क्लाइमेट कन्ट्रोल

सवारीका मुख्य विशेषताहरू

स्पेसिफिकेसन विवरण
मोटर १०० किलोवाट / ३८० एनएम
शीर्ष गति १६० किलोमिटर प्रति घण्टा
ब्याट्री ७१.८ kWh ब्लेड ब्याट्री
रेन्ज ४४० किमि (WLTP)
प्ल्याटफर्म ई-प्ल्याटफर्म ३.० + CTB
सस्पेन्सन डबल विशबोन (अगाडि), मल्टि-लिंक (पछाडि), FSD ड्याम्परहरू
डिस्प्ले १५.६” घुमाउन मिल्ने टचस्क्रिन
वारेन्टी १० वर्ष / २,००,००० किमिसम्म (प्रारम्भिक अफर अन्तर्गत)

बीवाईडी सिलायन ७ सार्वजनिक भएसँगै, साइमेक्स इन्क.ले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ। नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन ७ ले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट, र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफुलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको छ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।