Sat, Jul 26, 2025
ठगी तथा विश्वासघात अरोप लागेका सेयर कारोबारी दीपेन्द्र अग्रवालको हिरासत बसाइँ थप ४ दिन लम्बिएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो । करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो ।
करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो ।
सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।