नाइमा नेपालले पत्रकार सम्मेलन गर्दै प्रदर्शनीमा आएका आगन्तुकहरुलाई प्रायोजक कम्पनीहरुले पनि विशेष प्रावधानको व्यवस्था गरेको जानकारी गराइएको थियो ।
यसरी हेर्दा, नाइमा मोबिलिटी एक्स्पो हुने स्थल भुकुटीमण्डप गन्तव्य भएका राइडहरुमा ३० प्रतिशत सम्मको छुट दिने आयोजकले जनाएको छ । यदि, तपाइहरु उक्त एक्पोमा जाँदै हुनुहुन्छ भने पठाओमार्फत यात्रा बुक गरी छुट प्राप्त गर्न सकिने जनाइएको छ ।