गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Dec 14, 2025 06:27 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार दिन घटेको थियो।

 

प्रतिरोध क्षेत्रभन्दा तल

गत साता प्रतिरोधको सामना गरी झरेको नेप्से, हाल पनि सोही अवस्थामा छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्सेले ओरालो लागेमा २४४० देखि २४९० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, सो प्रतिरोध तोडेर उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता बलियो

साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले डोजी मैनबत्ती बनाएको छ जसले सो दिन लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब १९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ९४ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १५.१८ प्रतिशत कम हो।

बजार घट्ने संकेत

गत साताको बुधबार, नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल झरेको छ। यस्तो अवस्थालाई बियरिश क्रशओभर भनिन्छ। यसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रबाट नकारात्मक क्षेत्रमा झरेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले गत साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेकाे संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।