सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कति पुग्याे मूल्य?

Jan 25, 2026 10:59 AM Merolagani



माघ ११ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो ।

 

यस दिन सुन प्रतितोला २ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सूनकाे मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य तोलामा २९० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिदबिक्री भएको थियो । चाँदीकाे मूल्यले पनि गत शुक्रबार बनाएकाे रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।