दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य

Jan 14, 2026 11:01 AM Merolagani



पुस ३० गते, बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा ३१५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य रेकर्ड बनाउदै बढिरहेकाे छ । मंगलबारको बजारमा सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि निरन्तर रेकर्ड बनाउँदै बढिरहेकाे छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।