सुन र चाँदी दुबैको मूल्य घट्यो

Jan 22, 2026 11:07 AM Merolagani



माघ ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। बुधबार भारी वृद्धिसहित नयाँ रेकर्ड बनाएको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा यो मूल्य २ हजार ९०० रुपैयाँ कम हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। बुधबार तोलाको ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।