सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

Jan 13, 2026 10:56 AM Merolagani



पुस २९ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । यस दिन सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा १४५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य निरन्तर तेस्रो दिन रेकर्ड बनाउँदै बढेको हो । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। सो रेकर्डलाई ब्रेक गर्दै चाँदीको मूल्यले यस दिन नयाँ रेकर्ड बनाएको हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।