भारतीय बजारमा ‘लन्च’ गरियो रेनोल्ट डस्टर एसयूभी, मूल्य ११ देखि २० लाखसम्म पर्ने गरी प्रि–बुकिङ खुला

Jan 27, 2026 12:13 PM merolagani



भारतीय अटो बजारमा रेनोल्ट डस्टर एसयूभी सार्वजनिक भएको छ । 

सोमबार भारतीय गणतन्त्र दिवसका अवसरमा कम्पनीले आफ्नो तेस्रो पुस्ताका लागि नयाँ प्रडक्टका रुपमा रेनोल्ट डस्टर गाडी सार्वजनिक गरेको हो ।

यो गाडी लन्च भएसँगै यस्ले हुन्डाई क्रेटा, टाटा सिएरा, मारुती ग्रान्ड भिटारा, किया सेल्टोस र अन्यजस्ता एसयूभीहरूसँग तीव्र प्रतिस्पर्धाको सामना गर्ने कम्पनीको दाबी छ ।

यो गाडी लन्च भएसँगै यसको प्रि–बुकिङ समेत खुला गरिएको छ । २१ हजार रुपैयाँको टोकन रकममा आजदेखि प्रि–बुकिङ सुरु भएको हो । कम्पनीको यो पूर्ववर्ती गाडीभन्दा धेरै परिवर्तीत डिजाइनअनुसार बजारमा आएको हो ।

यसमा १०.१ इन्चको इन्फोटेनमेन्ट प्रणाली, ६ वटा स्पिकरण भएको, यूएसबी चार्जिङ पोर्ट, वायरलेस फोन चार्जर, ६ वटा एयरब्यागलगायत अन्य धेरै सुविधाहरु समेत समावेश हुने निर्माण कम्पनीले जनाएको छ । रेनोल्टको नयाँ लोगो, स्पोर्टी बम्पर, नयाँ बहुभुज हेडल्याम्प र वाई आकारको एलइडी डिआरएलहरु समावेश भइ नयाँ डिजाइनमा ग्रिल गरिएको हुनेछ ।

नयाँ रेनोल्ट डस्टर २०२६ पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुनेछ । कार निर्माताका अनुसार, तल्लो र उच्च भेरियन्टहरूको लागि क्रमशः १.० लिटर, ३–सिलिन्डर टर्बो पेट्रोल र १५६ बीएचपी, १.३ लिटर टर्बो पेट्रोल इन्जिनहरू प्रयोग भएका छन् ।

२०२६ रेनोल्ट डस्टर गाडीको मूल्य अन्य प्रतिष्पर्धीहरू विरुद्ध आक्रामक हुने अपेक्षा गरिएको छ । यो एसयूभीको नयाँ भेरियन्टको मूल्य लगभग ११–१२ लाखबाट सुरु हुने र शिर्ष अन्तर्गतको भेरियन्टका लागि मूल्य २० लाख भारतीय रुपैयाँसम्म पर्ने कम्पनीको दाबी छ । कम्पनीका सबै शोरुमहरुमा रेनोल्ट डस्टरको प्रि–बुकिङ सुरु भएको हो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।