पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Feb 16, 2026 08:41 AM Merolagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलितटर तीन रुपैयाँले बढाएको हो। नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु भएको छ।

यस अनुसार अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० पैसा कायम भएको छ भने दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।