अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली हिमपहिरो, १० जना बेपत्ता

Feb 18, 2026 10:44 AM Merolagani



अमेरिकाको उत्तरी क्यालिफोर्नियाको पहाडी क्षेत्रमा आएको शक्तिशाली हिमपहिरोपछि १० जना स्कीयर अझै बेपत्ता रहेका छन्। 

उद्धार टोलीले तीव्र हिउँआँधी र पुनः हिमपहिरोको जोखिमका बीच खोज तथा उद्धार कार्य जारी राखेको छ।

मंगलबार भएको उक्त दुर्घटनामा ६ जना स्कीयर जीवित अवस्थामा भेटिए पनि १० जना अझै बेपत्ता छन् ।

नेभाडा काउन्टी शेरिफ कार्यालयका अनुसार लेक टाहोको उत्तरपश्चिमस्थित क्यासल पिक क्षेत्रको फ्रग लेक आसपास हिमपहिरो गएको खबर स्थानीय समय अनुसार बिहान करिब ११ः३० बजे ९११ मा फोन आएको थियो । त्यसपछि स्की, स्नोक्याट र स्नोमोबाइलसहितको उद्धार टोली तुरुन्तै परिचालन गरिएको थियो । तर तीव्र हिउँआँधी र पुनः हिमपहिरो जान सक्ने उच्च जोखिमका कारण उद्धार कार्य निकै कठिन बन्यो ।

उद्धार अधिकारीहरूले ६ जना स्कीयरसँग आपत्कालीन बेकनमार्फत सम्पर्क कायम गरेको बताएका छन् । उनीहरू अस्थायी आश्रय बनाउँदै उद्धारको प्रतीक्षामा रहेका छन् ।

यो टोली तीन दिनको ब्याककन्ट्री स्की यात्राको अन्तिम दिनमा थियो । सिएरा एभालेन्च सेन्टरका पूर्वानुमानकर्ताका अनुसार उक्त क्षेत्रमा पुग्न कठिन पहाडी भूभाग पार गर्नुपर्छ र सहभागीहरूले आवश्यक खाद्य सामग्री तथा उपकरण आफैँ बोकेका थिए । टूर सञ्चालन गर्ने कम्पनी ब्ल्याकबर्ड माउन्टेन गाइड्सले १२ ग्राहक र ४ गाइड सहभागी रहेको जनाएको छ ।

थप हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोली सावधानीपूर्वक अघि बढिरहेको बताइएको छ । यसैबिच, क्यालिफोर्नियामा यस साता शक्तिशाली हिउँदे आँधीका कारण भारी हिमपात, तीव्र हावा र खराब मौसमले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूले पर्वतीय क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।




सुनकाे मूल्यमा भारि गिरावट र चाँदीको मूल्य पनि घट्याे

Feb 13, 2026 11:11 AM

फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।