नेप्सेसँगै बढ्यो कारोबार रकम

Mar 01, 2026 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूह र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।