
ढुंगाना र मिश्र २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए । दुई उच्च अधिकारीको अवकाशसँगै राष्ट्र बैंकमा आजैदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ । रिक्त दुई डेपुटी गभर्नर नियुक्ति बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकारले गर्नेछ ।
नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकका बहालवाला १८ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा छन् । राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर पदमा नियुक्त हुनका लागि कार्यकारी निर्देशक हुनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकका गभर्नरले हाल कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । गभर्नरले सिफारिस गरेका चार जनामध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान छ ।