नुवाकोट–१ मा रास्वपाका विक्रम तिमिल्सिना निर्वाचित, प्रकाशशरण महत पराजित

Mar 08, 2026 10:27 PM merolagani



नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम तिमिल्सिना निर्वाचित भएका छन्।

आइतबार राति सम्पन्न मतगणनाअनुसार तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्। यससँगै महत पराजित भएका छन्। अन्तिम मतपरिणामअनुसार तिमिल्सिनाले उल्लेखनीय मतान्तरसहित जित हासिल गरेका हुन्।




नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM

मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।