पछिल्लो परिणामले राजनीतिक प्रतिस्पर्धामा रोचक मोड ल्याएको देखिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८७ हजार ६२९ मत प्राप्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पछि पारेको छ। राप्रपाले हालसम्म २ लाख ७२ हजार ८२४ मत ल्याउँदै छैटौँ स्थानमा झरेको छ। अघिल्लो निर्वाचनमा राष्ट्रिय दलको हैसियतमा रहेको राप्रपाभन्दा नयाँ दल श्रम संस्कृति पार्टीको मत अग्रता देखिएको छ ।
देशभरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने स्पष्ट अग्रतासहित पहिलो स्थानमा कायम छ। रास्वपाले हालसम्म ३९ लाख ४६ हजार ४५ मत प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली काँग्रेस १३ लाख २९ हजार ५०८ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ११ लाख २७ हजार ६०४ मतसहित तेस्रो स्थानमा छ।
यसैबीच नेपाली कम्युनिष्ट पार्टी ५ लाख ७९ हजार ९३ मतसहित चौथो स्थानमा देखिएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।