नेप्सेमा पहिलो सर्किट ब्रेक, कारोबार २० मिनेटको लागि स्थगित

Mar 09, 2026 11:02 AM Merolagani



निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।

प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। फलस्वरुप बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो।

साे अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेकाे छ। त्यस्तै, साे अविधसम्ममा २३१ स्टककाे १ हजार ६६९ पटककाे काराेबारमा १८ कराेड ९६ लाख १२ हजार रूपैयाँबराबरकाे ३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।

अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।

 




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।