बालेन नेतृत्वकाे नयाँ सरकार चैतकाे दाेस्राे साता मात्रै बन्ने

Mar 09, 2026 03:03 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री भएकाे चैतकाे दाेस्राे साता मात्र देख्न पाइने भएकाे छ । निर्वाचन आयोगले चैतकाे पहिलाे साताभित्र सबै काम सकाउने भएपछि बालेन प्रधानमन्त्री भएकाे हेर्न चैतकाे दाेस्राे सातासमम्म कुर्नु पर्ने भएकाे हाे ।

निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यहरू चैतको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चैतको पहिलो साताभित्र समानुपातिकतर्फ निर्वाचित हुनेहरूलाई प्रमाणपत्र दिने लगाएतका सम्पूर्ण कामहरू सम्पन्न भइसक्ने जानकारी दिएका हुन् ।

उनले मंगलबारसम्म समानुपातिकतर्फको सबैतिर गणना भइसक्ने अनुमान आयोगले गरेको बताए । प्रवक्ता भट्टराईले मतगणना सम्पन्न भइसकेपछि खसेको सदर मतको सम्बन्धित दलले प्राप्त गरेको मतको प्रतिशतका आधारमा समानुपातिक बन्द सूचीबाट छनोट हुने उमेदवारको नामावली सम्बन्धित दलहरूसँग माग गरिने जानकारी दिए । त्यसपछि दलहरूबाट प्राप्त भएका नामलाई क्लस्टरअनुसार रुजु गर्दै निर्वाचित हुने सदस्यहरूको छनोट गर्ने र आयोगमा प्रमाणपत्र दिइने उनले बताए ।

प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ रास्वपाको अग्रता रहेको छ ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमत प्राप्त गर्ने निश्चित छ । हालसम्म रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी भएको छ।

हालसम्म नेपाली कांग्रेसले १७ स्थानमा, नेकपा एमालेले ८ स्थानमा, नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा, श्रम संस्कृति पार्टीले ३ स्थानमा र स्वतन्त्र अन्यमा २ स्थानको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्म प्रत्यक्षतर्फ १६३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा रास्वपाको एकल बहुमत पुग्ने स्थिति छ । प्रत्यक्षतर्फ १२५ स्थान र समानुपाति गरेर कुल १३८ सिट ल्याउने दलले बहुमतको सरकार गठन गर्न सक्नेछ । यसर्थ, प्रतिनिधि सभा निर्वाचनमा अब पाँच वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित जस्तै भएको छ ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।