चुनावअघि बढेकाे अण्डाको मूल्य फेरि घट्याे, क्रेटमै ४० रुपैयाँसम्मले सस्तियो

Mar 13, 2026 01:55 PM merolagani



चुनावअघि बढेको अण्डाको मूल्य अहिले घटेको छ। चुनाव सकिएसँगै बजारमा अण्डाको खपत कम हुन थालेपछि नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी बजारमा अण्डाको नयाँ बिक्री मूल्य तोकेको हो।

संघले तोकेको नयाँ मूल्यअनुसार अण्डाको भाउ क्रेटमा ४० रुपैयाँसम्मले सस्तिएको छ। नयाँ मूल्य सूची अनुसार यसअघि प्रति क्रेट ४९५ रुपैयाँ पर्ने एक्स एल अण्डाको मूल्य ४० रुपैयाँले घटेर ४५५ रुपैयाँमा झरेको छ।

त्यसैगरी, ठुलो अण्डाको मूल्य क्रेटमा ३५ रुपैयाँले घटेर ४४० रुपैयाँ कायम भएको छ। जसको अघिल्लो मूल्य ४७५ रुपैयाँ थियो। मिडियम (मझौला) अण्डाको मूल्य पनि क्रेटमा ३५ रुपैयाँले नै घटेर ४४५ रुपैयाँबाट ४१० रुपैयाँमा आइपुगेको छ।

संघका अनुसार चुनावअघि अण्डाको खपत अत्यधिक बढ्दा दैनिक उत्पादनले माग धान्न अपुग भएको थियो। जसका कारण बजारमा अण्डाको भाउ महँगिएको थियो। तर, चुनाव सकिएपछि खपत घटेकाले मूल्य समायोजन गर्दै भाउ घटाइएको संघले जनाएको छ।

हाल नेपालमा दैनिक ५० लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। संघले काठमाडौँ, धनगढी, नेपालगन्ज, दाङ, पोखरा, बागलुङ, झापा, मोरङ र सुनसरीलगायतका स्थानको वस्तुगत अवस्थाको अध्ययन र मूल्याङ्कन गरेर नयाँ भाउ घटाएर तोकेको जानकारी दिएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।