राजमार्ग प्रभावित ऋणीले तिर्नुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाए कर्जा पुनरतालिकीकरण गर्न सकिने

Mar 13, 2026 02:46 PM merolagani



नेपाल राष्ट्र बैंकले राजमार्ग विस्तारका कारण प्रभावित ऋणीहरुलाई राहत दिएको छ। केन्द्रीय बैंंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोक लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित ऋणीलाई राहत प्रदान गर्न कर्जा पुनरतालिकीकरण र पुनरसंरचनाको योजना ल्याएको हो ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाएमा कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । ऋण पुनरतालिकीकरण वा पुनरसंरचना गर्दा २०८३ असार मसान्तभित्र गरिसक्नुपर्ने तथा उक्त समयमा कर्जा जुग वर्गमा वर्गीकरण गरिएको छ, सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था समेत गर्नुपर्ने राष्ट्र बैंकको सर्कुलरमा छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।