प्रोफिट बुक गर्दै लगानीकर्ता
यस साताको अन्त्यतिर कम्पनीका लगानीकर्ताहरु ‘प्रोफिट बुक’ गर्न तर्फ लागेको देखिन्छ। मार्च महिना सुरु भएदेखि निरन्तर बढ्ने क्रममा रहेको कम्पनीको शेयरमूल्य, यस साताको अन्त्यतिर केही घटेको छ। यस साताको बुधबार कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजार खुल्ने बित्तिकै कम्पनीको शेयरमूल्य उच्च बढेको र मूल्य उच्च विन्दुमा पुगेपछि लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेसँगै कम्पनीको शेयरमा सेलिङ्ग प्रेसर आएको संकेत गर्दछ।
प्रतिरोध क्षेत्रभन्दा तल
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिरोध क्षेत्रभन्दा तल झरेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ३४० देखि ३५५ सम्म रहेको छ। यस साता कम्पनीको शेयरमूल्य सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेको हो। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा ३१० देखि ३२० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

उच्च भोल्यूम
यस साता कम्पनीको भोल्यूम उच्च बढेको छ। कम्पनीको शेयरमूल्य ३५५ पुग्दा अत्यधिक भोल्यमसहित रातो मैनबत्ती बन्नुले ‘कम्पनीको शेयरमा अहिलेको लागि टप बनाएको हो कि?’ भन्ने प्रश्न सिर्जना गरेको छ। अबका दिनमा कम्पनीको भोल्यूम कम हुँदै गयो र मूल्य पनि विस्तारै टेवा क्षेत्र तर्फ झर्यो भने त्यसले राम्रो संकेत गर्नेछ। यद्यपि, मूल्य घट्दा भोल्यूम बढ्न थाल्यो भने त्यसले कम्पनीको शेयरमूल्य अझ घट्छ भन्ने संकेत गर्नेछ।

बुलिश प्रवृत्ति
यस साता कम्पनीको एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको हिस्टोग्रामको उचाई केही घटेको छ। त्यस्तै, कम्पनीको एमएसिडी रेखा धेरै माथि पुगेको छ। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्यमा केही ‘करेक्सन’ आउन सक्ने संकेत गर्दछ।

खरिदचाप बढी
यस साता स्टकास्टिक आरएसआईमा कम्पनी ओभरबट जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयर बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.७९ प्रतिशत बढेको छ भने कुल नाफा १८.२३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३६.३१ प्रतिशत घटेको छ।
बोनस शेयर समायोजनपश्चात ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ छ।
बोनस समायोजपश्चात कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३६ पैसा कायम भएको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७५ पैसा कायम भएको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २५.१७ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.८८ गुणा रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ६ करोड ३७ लाख ९७ हजार २४२ कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयरको अन्तिम मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ ३० पैसा कायम भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण २१ अर्ब ४५ करोड ५० लाख १२ हजार ४८४ रुपैयाँ ६० पैसा रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३३५ रुपैयाँ रहेको छ भने न्यून मूल्य २५८ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २९० रुपैयाँ ९९ पैसा रहेको छ।

ब्रोकर नम्बर ४४ बाट सर्वाधिक खरिदबिक्री
यस साता ब्रोकर नम्बर ४४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिदबिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३ लाख ६१ हजार ७४४ कित्ता शेयर खरिद गरी २ लाख १२ हजार १४४ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ३३ ले कम्पनीको २ लाख ४२ हजार ६९३ कित्ता शेयर खरिद गरेको छ भने ३४ ले २ लाख ३७ हजार ६२७ कित्ता शेयर खरिद गरेको छ।

मूल्य बढ्ने अपेक्षा
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)