हावाहुरीले धनकुटामा लाखौंको नोक्सानी, विद्युत सेवा पूर्णरुपमा अवरुद्ध

Mar 18, 2026 11:44 AM merolagani



धनकुटामा हावाहुरीका कारण लाखौं मूल्य बराबरको क्षति भएको छ । हावाहुरीले सार्वजनिक संरक्षणमा क्षति पुर्याउँदा नोक्सानी भएको हो ।

प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा नोक्सानी भएको हो ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

सरकारी कार्यालयहरु आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतोले जानकारी दिए ।

हावाहुरीपछि सोमबार राति आएको विद्युत आपूर्ति आंशिक रूपमा मात्रै सुरु भएको छ । तर, सदरमुकाम क्षेत्र भने विद्युत सञ्चालन हुन सकेको छैन् ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।