भारतका २२ वटा जहाज हर्मुजमा फसे, निकाल्नको लागि प्रयास हुँदै

Mar 19, 2026 02:49 PM mero lagani



अमेरिका—इजरेल तथा इरान युद्धको सबैभन्दा ‘केन्द्रभूमी’ मानिएको स्ट्रेट अफ हर्मुजमा भारतका २२ वटा पानी जहाजहरु फसेका छन् । 

चालक दलका ६११ जना कर्मचारीसहित फसेका ती २२ जहाजहरुमा १६.७ लाख टन कच्चा तेल, ३.२ लाख टन एलपीजी र लगभग २ लाख टन एलएनजी लोड गरिएको छ । यी जहाजहरू स्ट्रेट अफ हर्मुज हुँदै अगाडि बढ्ने बाटो खोज्ने प्रतीक्षामा छन् । उनीहरुको सुरक्षाका लागि भारतले नौसेनाको युद्धपोत तैनाथ गरेको बताइएको छ ।

अलपत्र परेका जहाजमा छ वटा एलपीजी क्यारियर, एलएनजी ट्यांकर, चार कच्चा तेल ट्यांकर, एक रासायनिक उत्पादन वाहक, तीन कन्टेनर जहाज र दुई बल्क कार्गो क्यारियर छन् ।

साथै सुक्खा डकमा मर्मतका लागि एक ड्रेजर, एउटा खाली जहाज र तीन वटा जहाज पनि छन् । अहिले ती जहाजहरुलाई त्यहाँबाट निकाल्नको लागि कुटनीतिक प्रयास भइरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ती जहाजहरु आएमा अहिले देखिएको तेल, ग्याँसलगायतका वस्तुहरुको अभाव पनि केही हदसम्म हट्न सक्ने बताइएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।