लामिछानेको मुद्दाकाे सकियो सुनुवाइ

Mar 19, 2026 02:45 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन निर्णयविरूद्ध दायर रिटमाथिको सुनुवाइ सकिएको छ । बिहीबार निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिने त्रिपाठी र टीकाराम भट्टराईले जवाफ दिएपछि सुनुवाइ सकिएको हो ।

सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा इजलासमा सुनुवाइ भएकाे हाे।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।