८ महिनामा १४.८० खर्बको व्यापार, निर्यात भने १.९१ खर्ब रुपैयाँ मात्रै

Mar 22, 2026 03:39 PM mero lagani



चालु आवको पहिलो ८ महिनामा नेपालको वैदेशिक व्यापार साढे १३ प्रतिशतले बढेको छ । नेपालको व्यापार गत वर्ष भन्दा १३.५५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ जसमा आयातको हिस्सा ८७.०९ प्रतिशत र निर्यातको हिस्सा १२.९१ प्रतिशत रहेको छ ।

नेपालको आयात ८ महिनामा साढे १२ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आवको फागुनसम्ममा १ खर्ब ९१ अर्ब रुपैयाँको सामाग्रमी निर्यात भएको छ। यो अघिल्लो आवको तुलनामा २०.८३ प्रतिशतले बढी हो । गत वर्षभन्दा साढे १२ प्रतिशतको आयातको तुलनामा २०.८३ प्रतिशतले निर्यात बढे पनि आयातको अंक एकदमै ठूलो हुँदा नेपालले चालु आवको ८ महिनामा १० खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। ८ महिनाको नेपालको व्यापार घाटा ११.२२ प्रतिशतले बढेको हो।

यो अवधिमा नेपालमा अधिक आयात भएका ५ वस्तुहरूमा सबैभन्दा धेरै ८२ अर्ब रुपैयाँको डिजेल छ । त्यसपछि भटमासको कच्चा तेल ६६ अर्बको, पेट्रोल ४३ अर्बको र ग्यास ३७ अर्ब रुपैयाँको रहेको छ । यो अवधिमा २३ अर्ब रुपैयाँको सुन आयात भएको छ भने २३ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी नेपालबाट सोयाबिन तेल ७५ अर्ब ७७ करोड, ठूलो अलैची साढे ९ अर्ब, कार्पेट ६ अर्ब ५३ करोड रुपैयाँ र सनफ्लावर तेल ६ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।