पोखरामा इम्पेरियल सेक्युरिटिजको पाँचौं शाखा उद्घाटन

Mar 22, 2026 04:57 PM Merolagani



इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५) ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै औपचारिक रूपमा सेवा सुरु गरेको छ।

राष्ट्र बैंक चोकस्थित उक्त शाखाको आइतबार नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना र अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे।

उद्घाटनपछि बोल्दै प्रमुख तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने उल्लेख गर्दै वित्तीय क्षेत्रको दिगो विकासका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए।

अग्रज लगानीकर्ता पौडेलले ब्रोकर कम्पनीहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार भइरहेको धारणा व्यक्त गर्दै यस्ता शाखा विस्तारले लगानीकर्ताको पहुँच बढाउने र बजारलाई अझ सुदृढ बनाउने बताए।

त्यसैगरी, नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीप कुमार चौधरीले ब्रोकर कम्पनीहरूले सूचना प्रविधिको प्रयोगमा थप ध्यान दिनुपर्ने सुझाव दिए। उनले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई अझ सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न सकिने बताए। साथै, राष्ट्रिय परिचयपत्रलाई दोस्रो बजारमा अनिवार्य बनाइसकेको सन्दर्भमा लगानीकर्ताका विवरणहरू सोही प्रणालीमार्फत उपयोग गर्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जसँग समन्वय गर्नुपर्नेमा जोड दिए।

इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भक्तिराम घिमिरेले कम्पनीको बजार विस्तार रणनीतिअनुसार पोखरामा पाँचौं शाखा स्थापना गरिएको जानकारी दिए। उनका अनुसार कम्पनीले छिट्टै मार्जिन ट्रेडिङ र पोर्टफोलियो व्यवस्थापन सेवा सुरु गर्ने योजना बनाएको छ, जुन सबै शाखामार्फत उपलब्ध गराइनेछ। लगानीकर्ताबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको उनले बताए।

कम्पनीले यस शाखाबाट बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ। लगानीकर्ता बरुण प्रसाद सापकोटाले यो समयावधिले जागिर गर्ने व्यक्तिहरूलाई समेत सेवा लिन सहज हुने बताउँदै कम्पनीको पहलको प्रशंसा गरे।

पोखरा शाखा प्रमुख अर्जुन बरालले सहज पहुँच र पार्किङको झन्झट नहुने स्थानमा शाखा स्थापना गरिएको जानकारी दिँदै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।