प्रि ओपन सेसन अपडेटः करिब ७ अंक बढ्यो नेप्से

Mar 24, 2026 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.०१ अंक बढेर २९३६.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.९० अंक बढेर २९४३.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.५३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ७७ स्टकको २९३ पटकको कारोबारमा ४ करोड ४४ लाख ६७ हजार ३९२ रुपैयाँ ८० पैसाबराबरको ८४ हजार ५२६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।