इरानको ऊर्जा पूर्वाधारमाथिको आक्रमण ५ दिनका लागि रोक्न ट्रम्पको निर्देशन

Mar 24, 2026 11:09 AM merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विद्युत गृह र ऊर्जा संयन्त्रहरूमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि पाँच दिनसम्म स्थगित गर्न अमेरिकी सेनालाई निर्देशन दिएका छन् । सोमवार यस निर्णयको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो वार्ता अत्यन्तै राम्रो र फलदायी भएको बताए ।

सोही वार्ताको सकारात्मक परिणामस्वरुप थप कुटनीतिक अवसर प्रदान गर्न उनले सैन्य कारबाहीलाई केही दिन पछि सार्ने निर्णय लिएको जानकारी दिएका हुन् । यसअघि दुई देशबीच तनाव बढ्दै जाँदा अमेरिकाले इरानी ऊर्जा क्षेत्रका रणनीतिक पूर्वाधारहरूलाई लक्षित गरी सैन्य प्रहार गर्ने तयारी गरेको थियो ।

तर पछिल्लो संवादमा भएको प्रगतिले युद्धको सम्भावनालाई तत्कालका लागि टारेको विश्लेषण गरिएको छ । ट्रम्पको यो कदमलाई मध्यपूर्वमा तनाव कम गर्ने एउटा महत्वपूर्ण पहलको रूपमा हेरिएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।