अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइने मध्ये एक रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस प्रि–अर्डर अवधिमा ग्राहकले साओमी १७ अल्ट्रा १६ जिबी+ ५१२ जिबी भेरियन्टका लागि उपलब्ध ती विशेष अफरमध्ये कुनै एक रोज्न सक्ने कम्पनीको झनाइ छ । र १० हजार तत्कालै क्यासब्याक वा साओमी वाच एस ४ (४१ एमएम) मात्र २४ हजार ९ सय ९९ रुपैयाँ वा साओमी बड्स ५ निःशुल्क रुपमा साओमी १७ अल्ट्रा किन्ने ग्राहकले प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गत फोन किनेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने बताइएको छ । साओमी १७ अल्ट्रा १६ जिबी+५१२ जिबीको मूल्य १ लाख ९९ हजार ९ सय ९९ तोकिएको कम्पनीको भनाइ छ । यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।