सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Mar 27, 2026 10:59 AM Merolagani



चैत १३ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य पछिल्लो दुई दिनदेखि घटिरहेकाे छ ।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।