इरान युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै तेलको मूल्य ११५ डलर नाघ्यो, एसियाली शेयर बजारमा गिरावट

Mar 30, 2026 01:11 PM Merolagani



ओसमन्ड चिया(बिबिसी)

अमेरिका-इजरायल द्वन्द्व पाँचौँ हप्तामा प्रवेश गरेसँगै सोमबार बिहान एसियाली बजारमा विश्वव्यापी तेलको मूल्यमा वृद्धि भएको छ भने शेयर बजारमा तीव्र गिरावट देखिएको छ।

ब्रेन्ट कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि भई प्रतिब्यारेल ११५ डलर (८६.७७ पाउण्ड) माथि पुगेको छ। त्यस्तै, अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि करिब ३.५ प्रतिशतले बढेर १०३ डलर पुगेको छ। यस वृद्धिसँगै ब्रेन्ट तेल इतिहासकै सबैभन्दा ठुलो मासिक वृद्धिको बाटोमा देखिएको छ।

एसियाली शेयर बजारहरू रातो अङ्कमा खुलेका छन्। जापानको निक्केई २२५ मा ४.५ प्रतिशत र दक्षिण कोरियाको कोस्पीमा ४ प्रतिशतको गिरावट आएको छ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साताको अन्त्यमा इजरायलमाथि आक्रमण गरी युद्धमा सहभागी भएपछि बजारमा यस्तो प्रभाव देखिएको हो। इरानले विश्वविद्यालयहरू र अमेरिकी तथा इजरायली अधिकारीहरूका निवासहरूमा बदला लिने धम्की दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘फाइनान्सियल टाइम्स’ सँगको अन्तर्वार्तामा आफूले "इरानको तेल नियन्त्रणमा लिन" सक्ने र सम्भवतः खार्ग टापुको प्रमुख इन्धन केन्द्र कब्जा गर्न सक्ने बताएका थिए। सो टापुको इरानी प्रतिरक्षा व्यवस्थाबारे सोधिएको प्रश्नमा उनले भने, "मलाई लाग्दैन कि उनीहरूसँग कुनै सुरक्षा व्यवस्था छ। हामी यसलाई सजिलै कब्जा गर्न सक्छौँ।" ट्रम्पले यस सम्भावित कदमलाई भेनेजुएलासँग तुलना गरे। जहाँ अमेरिकाले गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पदच्युत गरेपछि "अनिश्चित कालका लागि" तेल उद्योग नियन्त्रण गर्ने योजना बनाएको छ।

यसैबिच, इरानी संसद्का सभामुखले मध्यपूर्वमा थप तीन हजार ५०० अमेरिकी सैनिक आइपुगेपछि आफ्नो देशको सेना "अमेरिकी सैनिकहरूको प्रतीक्षामा" रहेको चेतावनी दिएका छन्।

तेहरानले हर्मुज जलसन्धि (ट्रस्ट अफ हर्मुज) पार गर्न खोज्ने जहाजहरूमाथि आक्रमण गर्ने धम्की दिँदै अमेरिकी र इजरायली कदमको बदला लिने बताएपछि विश्वव्यापी ऊर्जा बजारमा चरम अस्थिरता छाएको छ। विश्वको तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही साँघुरो जलमार्गबाट हुने गर्दछ। जुन अहिले धेरै हदसम्म ठप्प भएको छ। जसले गर्दा मूल्यमा भारी वृद्धि भएको हो।

म्याक्वेरी विश्वविद्यालयका ऊर्जा बजार विज्ञ सिन फोलीले द्वन्द्व साम्य नभएसम्म तेलको मूल्य अझै बढ्ने अपेक्षा गरेका छन्। फोलीका अनुसार हुथी विद्रोहीहरूको आक्रमणले यमन नजिकैको बाब अल-मन्डेब जलसन्धिबाट हुने ऊर्जा ढुवानी रोकिन सक्ने चिन्ता बढाएको छ। यो मार्ग अवरुद्ध भएमा विश्वको तेल आपूर्तिको थप १० प्रतिशत हिस्सा प्रभावित हुने र यसले "विश्वव्यापी आपूर्ति शृङ्खलामा ठुलो तनाव" उत्पन्न गर्ने फोलीले बताए।

परामर्शदाता कम्पनी ‘लिपो आयल एसोसिएट्स’ का एन्ड्रयु लिपोले विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको खतराका कारण आगामी हप्ताहरूमा ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुग्न सक्ने प्रक्षेपण गरेका छन्। "मेरो सबैभन्दा ठुलो डर विश्वव्यापी आर्थिक मन्दी हो, किनकि उपभोक्ताहरूले इन्धन र खाद्यान्नमा धेरै खर्च गर्नुपर्दा उनीहरूसँग अन्य खर्चका लागि रकम अभाव हुँदै गएको छ," उनले भने।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि फेब्रुअरी २७ मा ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल करिब ७२ डलर थियो। मार्च १८ सम्म आइपुग्दा यो बेन्चमार्क तेल सम्झौता ११९.५० डलर पुग्यो। जुन सन् २०२२ पछिको उच्च विन्दु हो।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।