नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलाई भेटेर मन्त्री लम्सालले कर्मचारीलाई अतिरिक्त शुल्क नदिन निर्देशन दिएका हुन्।
मन्त्रीसँगको भेटबारे महासंघले सूचना जारी गर्दै उक्त जानकारी दिएको छ। सूचनामा भनिएको छ, ‘समयमै गुणस्तरीय निर्माणकार्यमा अवरोध सिर्जना हुने गरी पूर्वाधार विकासको क्षेत्रमा व्यापक रुपमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो आएको सन्दर्भमा अबका दिनमा निर्माण व्यवसायीहरूलाई निर्माणाधिन आयोजनाका सन्दर्भमा कुनै पनि तह र तप्काका सरकारी अधिकारीहरूलाई अतिरिक्ति शुल्क नदिन र कुनै पनि सरकारी अधिकारीहरूले त्यस्तो शुल्क मागेको खण्डमा त्यस्ता अधिकारीहरूलाई प्रचलित कानून अनुसार कार्वाहीको दायरामा ल्याउन सिधै माननीय मन्त्रीज्यूलाई जानकारी गराउन निर्माण व्यवसायीहरूलाई निर्देशन प्राप्त भएको व्यहोरा यसै पत्र मार्फत अवगत गराउदै सोही बमोजिम गर्न गराउन हुन सबै निर्माण व्यवसायी सदस्यज्यूहरूलाई अनुरोध गरिन्छ।’