नागढुंगा सुरुङमार्ग चलाउने जिम्मेवारी चिनिँया कम्पनीलाई, ५ वर्षका लागि युसिन भेन्चर्सले पायो ठेक्का

Mar 30, 2026 03:30 PM merolagani



नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । छनौट भएका १० वटामध्ये आर्थिक र प्राविधिक मुल्यांकनका आधारमा नेपाली–चिनियाँ संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सले ठेक्का प्राप्त गरेको हो ।

यो संयुक्त उपक्रमले आगामी ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा सञ्चालनको जिम्मा पाएको हो । उसले सर्भिस प्रोभाइडरको जिम्मा पाए पनि सम्झौता हुन भने बाँकी छ ।

सम्झौता हुन अझै १५ दिन लाग्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार, सबैभन्दा कम रकम कबोल गरेको आधारमा चिनियाँ कम्पनी चोङ्गक्वीङ्ग युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सलाई छनोट गरिएको हो ।

आयोजनाले आज मात्रै उक्त कम्पनीलाई सञ्चालन तथा मर्मतसम्भारका लागि छनोट गरिएको आशय पत्र प्रकाशित गरेको छ । यो आशय पत्रको आधारमा कसैले चाहेमा दावी–विरोध गर्न ७ दिनको अवधि तोकिएको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।