उनका अनुसार १९ गते बिहीबार २ बजे दुवै सदनको बैठक आह्वान गर्नेगरी सिफारिस गरिएको छ ।
यसैगरी, सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।