भारतस्थित इरानी दूतावासले सिभिल एभिएसन अर्गनाइजेसनका नियमहरूअनुसार मानवीय मिसनमा खटिएका नागरिक विमानहरूलाई निसाना बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ । दूतावासले भनेको छ, 'औषधि र चिकित्सा उपकरण बोकेको यस इरानी विमानमाथि हमला गर्नु युद्ध अपराध हो ।' उक्त विमान अप्रिल १ को बिहान ४ बजे नयाँदिल्ली आइपुग्ने तालिका थियो ।
दूतावासले अमेरिकाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा कारबाहीको माग गरेको छ । र, भविष्यमा यस्ता घटनाहरू नदोहोरिने सुनिश्चित गर्नुपर्ने बताएको छ ।