Thu, Apr 02, 2026
साहस ऊर्जा कम्पनी (SAHAS) ले सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगले कम्पनीको कुल चुक्ता पूँजी बराबरको हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिएकाे हो ।
कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीले ३४० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटाउन हकप्रद शेयर जारी गर्न लागेको हो । आयोगले विभिन्न ९ वटा सर्तमा कम्पनीलाई पूर्वस्वीकृति दिएको हो ।
शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।