अमेरिका इरानबाट बाहिरिने, ट्रम्पले आज राति सम्बोधन गर्ने

Apr 01, 2026 02:02 PM merolagani



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देखि तीन हप्ताभित्र अमेरिकी सैन्य बल (Military Force) इरानबाट फिर्ता हुने बताएका छन्। ह्वाइट हाउसमा (White House) पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका चाँडै इरानबाट बाहिरिने जानकारी दिए।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले बुधबार राति ९ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।सम्बोधनका क्रममा उनले इरानको पछिल्लो अवस्थाबारे 'महत्त्वपूर्ण अपडेट' दिने कार्यक्रम छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेका थिए। 

राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तालाई खासै महत्त्व दिएका छैनन्। उनले इरानलाई 'ढुङ्गे युग' मा पुर्‍याइएको र उनीहरू आणविक हतियार (Nuclear Weapon) बनाउन अक्षम भएको दाबी गरे। सम्झौता भए पनि वा नभए पनि अमेरिका इरानबाट बाहिरिने ट्रम्पको भनाइ छ। 'इरानले सम्झौता गर्नैपर्छ भन्ने छैन, उनीहरू अहिले सम्झौताका लागि निकै आतुर छन्,' उनले भने।

इरानमा अहिले सबै कुरा बमले ध्वस्त भएको ट्रम्पले उल्लेख गरे। उनले अमेरिकी सेनाले इरानमा कडा प्रहार गरिरहेको दाबी गरे। 'हामीले हिजो राति मात्रै इरानका मिसाइल (Missile) बनाउने ठूला सुविधाहरू ध्वस्त पारेका छौँ,' उनले भने।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।