एआई स्टेज मोडको सहायताले १ गुणादेखि २० गुणासम्मको जुममा पनि उत्कृष्ट विवरण र स्पष्टता कायम राख्न सकिने कम्पनीले दाबी गरेको छ। यसमा पहिलो पटक फाेरके @ ६० एफपिएस भिडियो रेकर्डिङ सुविधा पनि उपलब्ध छ।
फोनको निर्माणमा एयरोस्पेस-ग्रेड ६-सिरिज एल्युमिनियम एलोय फ्रेमको प्रयोग गरिएको छ, जसले यसलाई बलियो र खिया प्रतिरोधी बनाउँछ। आधुनिक डिजाइनसहितको यो फोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रङ्गमा उपलब्ध हुनेछ। यसमा १.५के अल्ट्रा क्लियर ओएलइडी डिस्प्लेसँगै १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले प्रयोगकर्तालाई सहज र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ। ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री र ९० वाटको फ्ल्यासचार्ज प्रविधिले यसलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने बनाएको छ। IP68 र IP69 रेटिङका कारण यो धुलो र पानीबाट पनि सुरक्षित छ।
कम्पनीका अनुसार भिभो V70 देशभरका आधिकारिक विक्रेता र दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ। दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध यो स्मार्टफोनका लागि कम्पनीले विभिन्न आकर्षक अफरहरू पनि ल्याएको छ। पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन् भने पहिलो २,००० ग्राहकले ६ महिनासम्मका लागि एक पटकको स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन सुविधा पाउनेछन्। यसबाहेक, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने मौका पाउनेछन् भने ग्राहकले १२ महिनासम्म शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामा पनि यो फोन खरिद गर्न सक्नेछन्।