पाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत

Apr 09, 2026 04:17 PM Merolagani



पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आज चैत २६ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको तीन करोड कित्ता शेयर गरी कुल तीन करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि शुक्रबार (चैत २७ गते) स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

नेप्सेले कम्पनीलाई (PCIL) स्टक टिकर प्रदान गरेको छ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।