युद्धको बेला बंकरको रुपमा प्रयोग गर्ने लक्ष्यसहित भारतले ब्रम्हपुत्र नदी मुनि झण्डै ३४ किलोमिटर लामो ‘सुरुङ रेलमार्ग’ बनाउने

Apr 10, 2026 01:16 PM mero lagani



भारतले युद्धको बेला करोडौं मानिसहरुलाई सुरक्षितरुपमा एकैसाथ राख्न सक्ने गरि विशाल ‘सुरुङ रेलमार्ग’ निर्माण गर्ने भएको छ । यो पानी मुनि सुरुङसहितको भारतकै पहिलो सडक हुनेछ । 

३३.७ किलोमिटर लामो चार लेनको उक्त सडकको १५.७९ किलोमिटर लामो सुरुङ ब्रम्हपुत्र नदी मुनी हुनेछ । उक्त सुरुङले नदीको उत्तरी किनारमा रहेको गोहपुरलाई नदीको दक्षिणी किनारमा रहेको नुमालीगढसँग जोड्नेछ ।

यस परियोजनाको निर्माणसँगै मालवाहक क्षमता बढ्ने,लागत घट्ने र सम्पूर्ण क्षेत्रको सामाजिक आर्थिक वृद्धि हुने दावी गरेका छन् । यो ‘सुरुङ रेलमार्ग’ बनेपछि भारतका अरुणान्चल, आसम, मिजोरम, मणिपुर, सिक्किम, मेघालय र त्रिपुरा राज्यका बासिन्दाको मात्र नभएर नेपाली नागरिकहरुको जीवनस्तर उकास्नसमेत सहयोग पुग्ने दावी भारतीय अधिकारीहरुले गरेका छन् ।

साथै उनीहरुले भारत र चीन वा अरु कुनै देशसँग युद्ध भएमा आफ्ना करोडौं नागरिकहरुलाई सुरक्षितरुपमा राख्न सक्ने गरि त्यो सुरुङलाई बंकरकोरुपमा समेत प्रयोग गर्न सक्ने गरि निर्माण गर्न लागिएको छ । यसै वर्ष सिलन्यास गरेर केही वर्ष भित्रै सक्ने लक्ष्य लिएको उक्त सुरुङ मार्गको लागत कति हो भन्ने बारेमा भने भारतीय अधिकारीहरुले अहिलेसम्म औपचारिकरुपमा केही बताएका छैनन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।