हिमालयन रिइन्स्योरेन्सको अध्यक्षमा उदयकुमार निरौला नियुक्त, संचालक समिति पुनर्गठन

Apr 10, 2026 01:15 PM MeroLagani



हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) को संचालक समितिमा ठुलो हेरफेर गरिएको छ। कम्पनीको ८२ औं बैठकले संस्थापक शेयरधनीहरूको प्रतिनिधित्व गर्ने संचालकहरू परिवर्तन गर्दै समिति पुनर्गठन गरेको हो।

कम्पनीले दिएको जानकारी अनुसार संचालक समितिको नयाँ अध्यक्षमा उदय कुमार निरौला नियुक्त भएका छन्। बैठकले निरौलालाइ चैत्र २५ गतेबाट लागू हुने गरी अध्यक्ष चयन गरेको हो।

संचालक समितिमा भएको पुनर्गठन अनुसार साविकका संचालक शेखर गोल्छाको स्थानमा उदयकुमार निरौला नियुक्त भएका छन्। त्यसैगरी,शाहिल अग्रवालको स्थानमा दिपेन्द्रकुमार मिश्र र रोहित गुप्ताको स्थानमा पृथ्वीराज थापा नयाँ संचालकका रूपमा आएका छन्। नयाँ संचालकहरूको कार्यकाल आगामी वार्षिक साधारण सभासम्म रहने कम्पनीले जनाएको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।