मन्त्रिपरिषद् विस्तार, गौरी उद्योग र रामजी श्रममन्त्री बने

Apr 10, 2026 02:19 PM Merolagani



सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै दुई महत्वपूर्ण मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रामजी यादवलाई सुम्पिएको छ।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बहालवाला सांसद हुन्। उनीहरूको नियुक्तिसँगै सरकारमा रास्वपाको उपस्थिति थप मजबुत भएको देखिएको छ।

दुवै मन्त्रीले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै उनीहरूले आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नेछन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।