सातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Apr 11, 2026 05:46 AM Merolagani



यस साता नेप्से परिसूचक २ प्रतिशत बढेको छ। गत साता २७८२.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता २ प्रतिशत अर्थात ५५.५९ अंक बढेर २८३७.७७ विन्दुमा बन्द भएको छ।

यस साता ६ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५८ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा १२ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २०.५० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १९.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २४.६६ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ३० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९४ अर्ब रुपैयाँ बढेर ४८ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ८.४० प्रतिशत बढेको छ। गत साता १० हजार ७४०.२२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९०२.१५ अंक बढेर ११ हजार ६४२.३७ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत घटेको छ। गत साता ३९१६.३० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ११५.९३ अंक घटेर ३८००.३७ विन्दुमा झरेको हो। अंकका आधारमा यस साता यसै उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।

यस साता ५ कम्पनीको ५ करोड १८ लाख ६७ हजार ३२२.२० कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता ८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९ र केएसबिबिएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भएको हो भने रु रु जलविद्युत परियोजनाको बोनस शेयर र शिखर पावर डेभलपमेन्ट तथा पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता होटल फरेष्ट इनको शेयरमूल्य सर्वाधिक ७७.१० प्रतिशत बढेको छ। गत साता ४२३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता ७४९ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता रिज लाइन इनर्जी र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य ७७.०९ प्रतिशत बढेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ७७.०५ प्रतिशत बढेको छ। यस साता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७८ प्रतिशत घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, रिज लाइन इनर्जी, होटल फरेष्ट इन लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, उपकार लघुवित्त वित्तीय संस्था, लक्ष्मी उन्नती कोष लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




घरबाटै काम गर्न सरकारको आह्वान

Apr 07, 2026 03:07 PM

युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धान संकट गहिरीनुका साथै मूल्यवृद्धि समेत आकशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।