यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ०.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक घटेको छ।
नेप्से घटेपनि यस साता कारोबार रकम भने सामान्य बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.९० प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ९.०८ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४.८३ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। गत साता ३७५६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३५.५१ अंक बढेर ३७९२.१७ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।
कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक १.७९ प्रतिशत घटेको छ। गत साता ७९३८.१२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४२.०४ अंक घटेर ७७९६.०८ विन्दुमा झरेको छ।

यस साता मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। यस साता साहस उर्जाको शेयरमूल्य ५.४५ प्रतिशत बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.२१ प्रतिशत र बोटलर्स नेपाल (तराई) को शेयरमूल्य ५.१४ प्रतिशत बढेको छ। कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य यस साता सर्वाधिक १४.७९ प्रतिशत घटेको छ। गत साता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ९९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता साल्ट ट्रेडिङ्ग कर्पोरेशन, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

