नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ३९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारकाे बजारमा चाँदी प्रतितोला पाँच हजार ७४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
