कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेकोमा २८ लाख ७५ हजार ३७२ जना आवेदकबाट कुल ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको छ। यो माग गरिएको कुल कित्ताको तुलनामा ४१.९५ गुणा बढी हो। यस आवेदनमार्फत कुल ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ संकलन भएको छ।
मागभन्दा निकै बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। यस प्रक्रियाबाट कुल आवेदकहरूमध्ये भाग्यमानी ७८ हजार २० जनाले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी २७ लाख ९७ हजारभन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ।