गत साता करिब स्थिर रहेको नेप्से, यस साता के होला?

Apr 20, 2026 05:27 AM Merolagani



गत साता नेप्से परिसूचक करिब स्थिर रहेको थियो। अघिल्लो साता २८३७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.०२ प्रतिशत अर्थात ०.६३ अंक बढेर २८३८.४० विन्दुमा बन्द भएको थियो।

सो साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो।

 

प्रतिरोध परीक्षणमा

गत साता नेप्से परिसूचक २८०० देखि २८६० को प्रतिरोध परीक्षणमा रहेको छ। गत साताका केही कारोबार दिन इन्ट्रा डे मा नेप्सेले सो क्षेत्र तोडेपनि अन्तिम समयमा भने सोही क्षेत्रमा झरेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्र तोडेर उकालो लागेमा २९९० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने २६४५ देखि २६९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा गत साता नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले गत साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। बजारले स्पष्ट दिशा लिन नसक्दा लगानीकर्ताहरु अन्योलमा परेका हुन्। जसअनुसार नेप्से पनि करिब स्थिर नै रहेको थियो।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ८ अर्ब ९९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २३.६८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर, एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्नेछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।