गत साता करिब २ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 04, 2026 05:57 AM Merolagani



गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७८८.७० विन्दुमा बन्द भएको नेप्से, गत साता १.७९ प्रतिशत अर्थात ४९.९८ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको थियो।

सो साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा भने २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। अघिल्ला साता पनि नेप्से परिसूचक सोही प्रतिरोध परीक्षण गरी फर्किएको थियो।

करेक्टिभ फेज

नेप्से अहिले एउटा करेक्टिभ फेजमा छ। बजारले आफ्नो पुरानो सपोर्ट लाइन (सेकेन्डरी ट्रेण्ड) लाई भेट्न खोजिरहेको देखिन्छ। २७१० नजिक देखिएको खरिदचापले बजार विस्तारै सम्हालिन खोजेको संकेत गर्दछ। नेप्से अहिले ५० दिने मुभिङ्ग एभरेज भन्दा तल र १०० दिने मुभिङ्ग एभरेजभन्दा माथि रहेको छ। आगामी दिनमा नेप्से २७०० विन्दुभन्दा माथि रहन सकेमा लामो अवधिको सकारात्मक ट्रेण्ड लाइन कायमै रहनेछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। नेप्से घटेको बेला भोल्यूम पनि घट्नुले बजारमा लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न इच्छुक छैनन् भन्ने संकेत गर्दछ।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा शून्य रेखाभन्दा तल झरेको छ। एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी पनि फराकिलो बन्दै गइरहेको छ। साथै हिस्टोग्राममा उचाई पनि नकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले गत साता बजार बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

ओभरसोल्ड जोन नजिक

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोन नजिक रहेको छ। जब यो आरएसआई ओभरसोल्ड जोन नजिक पुग्छ, तब बजारमा एक ‘बाउन्स ब्याक’ आउने सम्भावना बढी हुन्छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

Apr 30, 2026 02:17 PM

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।