गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।
टेवा क्षेत्र नजिक
गत साता नेप्से परिसूचक घटेर टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
बिक्रीकर्ता हाबी
साप्ताहिक रुपमा गत साता नेप्सेले छोटो टुप्पी तथा पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। त्यस्तै, गत साताको अन्तिम दुई कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले गत साता र सो कारोबार दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम
गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १.३२ प्रतिशत बढी हो। बजार घट्दा भोल्यूम पनि औषतभन्दा तल हुनुले ठूलो प्यानिक सेलिङ्ग नभएको र खरिदकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको संकेत गर्दछ।

बियरिश मोमेन्टम हाबी
गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेमा हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा झरेको छ। यसले बजारमा हाल बियरिश मोमेन्टम हाबी रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको सम्भावना
स्टकास्टिक आरएसआईमा नेप्से गत साता ओभरसोल्ड जोनमा प्रवेश गरेको छ। प्राविधिक रुपमा स्टकास्टिक आरएसआई सो लेभलमा पुग्नुले बजारमा गिरावटको क्षेत्र सीमित हुँदै गएको र छिट्टै टेक्निकल बाउन्स आउन सक्ने सम्भावना बलियो हुनु हो।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)