नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त

Jun 19, 2026 05:56 PM Merolagani



सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ। निवर्तमान अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले राजीनामा दिएकाे करिब दुई महिनापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेकाे हाे ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।  नवनियुक्त अध्यक्ष भट्ट नेपाल राष्ट्र बै‌ंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन ।

सरकारले गठन गरेकाे छनाेट समितिमा राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष गुणाकर भट्टकाे संयाेजकत्वमा पूर्व बैंकर भुवन दाहाल र अर्थ सचिव घनश्याम उपाध्याय रहेका थिए तर स‌ंयाेजक भट्टकै नाताले दाजु पर्ने गाेपाल भट्टलगायत ४३ जनाले आवेदन दिएपछि गुणाकरले छनाेट समितकाे स‌ंयाेजकबाट राजीनामा दिएका थिए। गुणाकरले राजीनामा दिएपछि याेजना आयाेगका अर्का सदस्य डा सञ्जय आचार्यकाे संयाेजकत्वमा समिति पुनर्गठन गरिएकाे थियाे । समितिले भट्टसँगै सेबाेनका पूर्व कार्यकारी निर्देशक डा नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीकाे नाम सिफारिस गरेकाे थियाे । त्यसमध्ये मन्त्रीपरिषदकाे आजकाे बैठकले गाेपाल भट्टलाई सेबाेन अध्यक्षकाे जिम्मेवारी दिएकाे हाे । चार जनाकाे नाम सिफारिस भएर पनि लामाे समय अध्यक्ष नियुक्त नहुँदा सरकारमाथि तीव्र दबाब परेकाे थियाे ।

 




माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाका ४६ कर्मचारी बेपत्ता, को–को हुन (नामावलीसहित)

Aug 27, 2026 11:44 AM

रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली ३ए जलविद्युत आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी बेपत्ता भएका छन्।