सोमबार नेप्से परिसूचक १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको १ लाख १६ हजार ३१० पटकको कारोबारमा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँबराबरको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभल (१५ प्रतिशत) मा कारोबार भएको हो। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्टी पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ५.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन होटल फरेष्ट इन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको करिब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।